२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

बैतडीमा जीप दुर्घटना, एकको मृत्यु चार घाइते

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाबाट मेलालीतर्फ आइरहेको यात्रुवाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

से १ ज ७३२ नम्बरको उक्त जीप मेलौली नगरपालिका–७ स्वाखानी भन्ने स्थानमा गए राति अनियन्त्रित भएर सडकबाट खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी मेलौली नगरपालिका–२ की २३ वर्षीया तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बल्देव बडूले जानकारी दिए।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ। स्थानीयवासीका अनुसार जीपमा क्षमता भन्दा बढी यात्रु चढाइएकाले पनि दुर्घटनाको जोखिम बढेको हुनसक्ने आशंका गरिएको छ। दुर्घटनास्थलमा प्रहरी र स्थानीयले राति नै उद्धारकार्य सञ्चालन गरेका थिए।

दुर्घटनापछि केही समयसम्म सो सडक खण्डमा सवारी आवागमन अवरुद्ध भएको थियो। अहिले भने सडक सुचारु गरिएको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।