२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

कैलालीमा राष्ट्रिय संगीतकर्मी संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, दीपेन्द्र ओली अध्यक्षमा सर्वसम्मत चयन

कैलाली — राष्ट्रिय संगीतकर्मी संघ, सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको तेस्रो जिल्ला अधिवेशन घोडाघोडी नगरपालिका–स्थित बासिष्ठ होटलको सभाहलमा आज भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

अधिवेशनबाट दीपेन्द्र ओली अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा अनु खड्का, महासचिवमा तपेन्द्र ढुङ्गाना, उप–महासचिवमा प्रशान्त क्षेत्री, कोषाध्यक्षमा यज्ञराज जैशी र सह–कोषाध्यक्षमा रमेश भट्ट चयन भएका छन्। सदस्यहरूमा श्याम बोहरा, भरत ताम्राकार, अर्जुन के.सी. र तुला धामी लगायत रहेका छन्।

कार्यक्रमको अध्यक्षता पूर्व जिल्ला अध्यक्ष सौगात ओझाले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिका प्रमुख खड्कबहादुर रावतले संगीतकर्मीहरूको योगदान समाजको सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै स्थानीय तहबाट कलाकारहरूको हकहित र विकासमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

विशिष्ट अतिथि राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष नील गगन सिंह रोशनले संगीत क्षेत्रलाई संस्थागत रूपमा मजबुत बनाउन संगठनात्मक एकताको आवश्यकता औंल्याउँदै कलाकारहरूको सम्मान र अधिकारका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।

त्यसैगरी प्रदेश उपाध्यक्ष गुणाकार पनेरु र प्रदेश उप–महासचिव ज्ञानेन्द्र कुँवरले संगीतकर्मीहरूको हकहित, तालिम, अवसर विस्तार तथा राज्यसँगको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको बताए।

घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा गौतमको समेत कार्यक्रममा उपस्थिति रहेको थियो। उनले स्थानीय कला र व्यवसाय एकअर्कासँग जोडिएको उल्लेख गर्दै कलाकारहरूको सीपलाई आर्थिक अवसरसँग जोड्नुपर्ने धारणा राखे।

वक्ताहरूले समग्रमा संगीतकर्मीहरूको हकहित, कला संरक्षण र स्थानीय स्तरमा संगीत क्षेत्रको विकासका लागि अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अधिवेशन भव्य रूपमा सम्पन्न भएको हो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।