काठमाडौँ — ‘आजाउ माया करु’ बोलको नयाँ गीतको म्युजिक भिडियो आइतबार सार्वजनिक गरिएको छ। सेविल इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा आर.के. थारु र जलजला परियारको सुमधुर स्वर सुन्न सकिन्छ।
आर.के. थारुकै शब्द तथा संगीत रहेको गीतलाई गणेश चौधरीले संगीत संयोजन गरेका हुन् भने चन्द्र चौधरीले मिक्सिङ र मास्टरिङ गरेका छन्। एसबी मुस्कान, राजाबाबु थारु र दिल समर्पणले रेकर्डिङको जिम्मेवारी सम्हालेका छन्। गीत ‘अकुस्टिक नेपाल’ स्टुडियोमा रेकर्ड गरिएको हो।
प्रदीप थारुको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा अजय राना र स्मिता पच्छलडङ्ग्याको अभिनय देख्न सकिन्छ। रमेश चौधरीले छायांकन तथा सम्पादन गरेको भिडियो नेपालको मनमोहक पर्यटकीय गन्तव्य मनाङ जिल्लाका विभिन्न स्थानमा खिचिएको हो।
सेविल इन्टरटेनमेन्ट अफिसियलद्वारा सार्वजनिक गरिएको यस गीतले प्रेम भावनालाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।











