२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

बैतडीको पुर्चौडी नगरपालिकाका प्रमुख बमलाई पुत्र शोक

बैतडी-  बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रमुख दिपक बहादुर बमलाई पुत्र सोक परेको छ । नगरप्रमुख बमका कान्छा छोरा प्रान्जल बमको स्कुटर दुर्घटनामापरि मृत्यु भएको छ । 

गयराती धनगढी उपमहानगरपालिका–१३ धनगढी र गोदावरीको सिमाना स्थित बैतडीको पुर्चौडी नगरपालिका–८ बस्ने २४ वर्षीय प्रान्जल बमले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४७३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टिदा बमको मृत्यु भएको हो ।

घाइते भएका बमलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु  भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । स्कुटी पछाडि सवार  २६ वर्षका सरोज बम घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।