
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९, नमुना बस्ती।
दशैंको रमझमले देशभरको माहोल रंगिन भइरहेको बेला, यहाँको बादी समुदायको बस्तीमा भने एक अलगै खुसी छाएको छ। त्यो खुसीको कारण बनेकी छिन् — कलाकार तथा मोडल दिपा शाही।
संगीत क्षेत्रमा मोडलको परिचय बनाइसकेकी शाही यसपटक आफ्नो जन्मथलो फर्किन्। तर, कलाकार मात्र भएर होइन, समाजसेवी मन बोकेर। उनले नमुना बस्तीका २२ घरधुरीलाई चामल, बालबालिकाका लागि कापी–कलम, दशैं खर्च स्वरूप नगद रकम र प्रत्येक घरमा डस्टबिन वितरण गरिन्।
“दशैं त सबैको हो, तर सबैको घरभित्र खुसी समान मात्रामा प्रवेश गर्दैन,” भन्दै शाहीले विपन्न समुदायसँग खुसी बाँड्न पाउँदा सन्तुष्टिको अनुभूति भएको बताइन्।
स्थानीयवासीहरूका अनुहारमा मुस्कान थपिएको थियो। उनीहरूले भने, “चाडपर्वमा हामीलाई पनि सम्झनु, हाम्रो दुःखमा साथ दिनु — यसभन्दा ठूलो खुसी अरू के हुन्छ?”
कलाकार मात्रै नभई संवेदनशील नागरिकको परिचय बनाउँदै दिपा शाहीले भविष्यमा पनि आफ्नो गाउँ–घर र समाजका लागि सहयोगको बाटो निरन्तर अघि बढाउने वाचा गरेकी छन्।
काठमाडौं । आज हिन्दुहरूको महान् चाड विजय दशमीको दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यसै दिनलाई दसैँको विशेष दिनका रूपमा मनाइन्छ ।
यस वर्ष टीकाको उत्तम साइत बिहान ११ बजेर ५७ मिनेट जाँदा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । यस वर्षको देवी विसर्जनको साइत भने बिहान ९ बजेर २३ मिनेटका लागि तोकिएको छ ।
दसैँको दिन बिहान उठेर घामको झुल्कोमा दुर्गा विसर्जन गरी कलशको जलले अभिषेक गरेर टीका लगाउन मिल्छ । देवी विसर्जन गरेपछि सर्वसाधारण नागरिकले थप कुनै साइत कुर्नु नपर्ने भए पनि राज्य सञ्चालन गर्नेले भने बिहान ११ः५७ मा टीका र जमरा लगाउनु उत्तम हुने समितिले जनाएको छ ।
टीका लगाउँदा पूर्व वा उत्तरतर्फ फर्किनुलाई शुभ मानिन्छ । शास्त्रअनुसार पूर्वलाई ज्ञान, प्रकाश र समृद्धिको प्रतीक मानिएको छ भने उत्तरलाई स्थायित्व र दीर्घायुको प्रतीक मानिन्छ । त्यसैले पुजारी वा जेठाजु/जेठीले टीका लगाइदिँदा पूर्व वा उत्तरमुखी भएर बस्नुपर्ने परम्परा छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको टीका र जमरा ग्रहण गर्दा टीका लगाइदिने व्यक्ति पश्चिमतर्फ र लगाइ माग्ने व्यक्ति पूर्व फर्किएर लगाउनुपर्ने जनाएको छ ।
टीका लगाइदिँदा लगाउने र लगाइदिने दुबैलाई दीर्घायु, स्वास्थ्य र धनधान्यको आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ । साथै, टीका लगाउँदा ठूलो मान्छेबाट सानोलाई टीका र आशीर्वाद दिने संस्कारले परिवारमा आत्मीयता र स्नेह बढाउँछ भन्ने मान्यता रहेको छ ।
बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रमुख दिपक बहादुर बमलाई पुत्र सोक परेको छ । नगरप्रमुख बमका कान्छा छोरा प्रान्जल बमको स्कुटर दुर्घटनामापरि मृत्यु भएको छ ।
गयराती धनगढी उपमहानगरपालिका–१३ धनगढी र गोदावरीको सिमाना स्थित बैतडीको पुर्चौडी नगरपालिका–८ बस्ने २४ वर्षीय प्रान्जल बमले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४७३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टिदा बमको मृत्यु भएको हो ।
घाइते भएका बमलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । स्कुटी पछाडि सवार २६ वर्षका सरोज बम घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।





