२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

ज्योति मगरको फेसबुक पोस्टमा अश्लील कमेन्टको बाढी, राजनीतिक आस्थालाई लिएर विवाद चर्कियो

काठमाडौँ । लोक तथा दोहोरी गायिका ज्योति मगर को पछिल्लो फेसबुक पोस्टमा अश्लील र घृणाजन्य कमेन्टको ओइरो लागेको छ। दाङको घोराहीमा आयोजना हुने ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन, कृषि तथा सांस्कृतिक महोत्सव २०८२’ मा आफ्नो प्रस्तुति रहने जानकारी दिँदै उनले मंगलबार सार्वजनिक गरेको पोस्टमा हजारौँ प्रयोगकर्ताले अपमानजनक प्रतिक्रिया दिएका हुन्।

‘चैत्र ४ गते दाङको घोराहीमा भेटौँ है हजुर’ भन्दै पोस्ट गरिएको भिडिओमा कतिपयले गालीगलौज मात्र होइन, भौतिक आक्रमणसम्मको धम्की दिएका छन्। केही प्रयोगकर्ताले उनको कार्यक्रममा नजान आग्रह गरेका छन् भने केहीले उनलाई ‘कलाकार होइन, दलको कार्यकर्ता’ भन्दै आलोचना गरेका छन्।

गायिका मगरप्रति देखिएको आक्रोशको मुख्य कारण उनको राजनीतिक आस्था रहेको देखिन्छ। गत प्रतिनिधि सभा निर्वाचनका क्रममा उनले नेकपा एमाले तथा अध्यक्ष केपी शर्मा ओली लाई खुलेर समर्थन गरेकी थिइन्। साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका समर्थकहरूलाई लक्षित गर्दै दिएको अभिव्यक्तिले विवाद थप चर्काएको थियो।

पोस्टका कमेन्टहरूमा ‘एमालेको झोले’ र ‘ओलीको मान्छे’ जस्ता शब्दहरू व्यापक रूपमा प्रयोग गरिएका छन्। केहीले रास्वपाको चुनाव चिह्न ‘घण्टी’ उल्लेख गर्दै उनको कार्यक्रम बहिष्कार गर्नसमेत आह्वान गरेका छन्। अझै चिन्ताजनक पक्ष भनेको केही कमेन्टहरूमा हिंसात्मक चेतावनीसमेत देखिनु हो।

यद्यपि, सबै प्रतिक्रिया नकारात्मक भने छैनन्। कतिपय प्रयोगकर्ताले कलाकारलाई उसको कलाको आधारमा मूल्याङ्कन गर्नुपर्ने र व्यक्तिगत तथा राजनीतिक आस्थाका आधारमा अश्लील गालीगलौज गर्नु गलत भएको बताएका छन्।

यसअघि पनि मगरका पोस्टहरूमा यस्तै प्रकारका प्रतिक्रिया देखिने गरेका थिए। केपी शर्मा ओली सँग ‘चुम्बन’ गरेको जस्तो देखिने तस्बिरसमेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो, जुन पछि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग गरेर बनाइएको नक्कली सामग्री भएको पुष्टि भएको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।