२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

निर्वाचित सांसद भण्डारी मतदातालाई धन्यवाद दिन गाउँ–गाउँमा

बैतडी — प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका बैतडीका सांसद हरिमोहन भण्डारी यतिबेला मतदातालाई धन्यवाद दिन जिल्लाका विभिन्न पालिकामा पुगिरहेका छन्।

गत बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विजयी भएका भण्डारीले मतदाताप्रति आभार व्यक्त गर्दै जिल्लाभर धन्यवाद कार्यक्रम सञ्चालन गरिरहेका हुन्।

रास्वपाका नेता विशाल भट्टका अनुसार आइतबार अन्तिम मत परिणाम सार्वजनिक भएपछि सोही दिन दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा धन्यवाद सभा गरिएको थियो। त्यसपछि सोमबार मेलौली, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा मतदातासँग भेटघाट तथा धन्यवाद कार्यक्रम गरिएको थियो भने बुधबार सुर्नया गाउँपालिकामा कार्यक्रम सम्पन्न गरी भण्डारी पुर्चौंडी नगरपालिका तर्फ प्रस्थान गरेका छन्।

पुर्चौंडीबाट फर्किएपछि सिगास गाउँपालिका हुँदै जिल्लाका बाँकी स्थानमा पुग्ने कार्यक्रम रहेको भण्डारीको सचिवालयले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।