काठमाडौँ । आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘परालको आगो’को टिजर सार्वजनिक गरिएको छ। टिजरमा श्रीमान्–श्रीमती (चामे र गौँथली) बीचको झगडालाई केन्द्रमा राखिएको छ, जहाँ प्रकाश सपुत र सुहाना थापा मुख्य भूमिकामा देखिएका छन् भने सौगात मल्लको पनि झलक देखिन्छ।
हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमाको निर्देशन लक्ष्मण सुनारले गरेका हुन्। गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’बाट प्रेरित यो फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ।












