२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

झापामा रास्वपाको शक्ति प्रदर्शन, बालेन नेतृत्वमा आज ‘रोड शो’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी अभियानलाई थप तीव्र बनाउँदै आज झापा जिल्ला मा व्यापक ‘रोड शो’ आयोजना गर्ने भएको छ। हिजो काठमाडौं उपत्यका का तीनवटै जिल्लामा उत्साहजनक सहभागितासहित कार्यक्रम सम्पन्न गरेको रास्वपाले आज पूर्वी क्षेत्र केन्द्रित अभियान अघि बढाएको हो।

पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा झापाका निर्वाचन क्षेत्र १, २, ३ र ४ मा रोड शो सञ्चालन हुने जनाइएको छ।

बालेन आज बिहान ९ बजे चन्द्रगढी विमानस्थल मा अवतरण गर्ने र त्यहाँबाट कार्यक्रमको सुरुआतका लागि काँकडभिट्टा प्रस्थान गर्ने तालिका छ। रोड शो काँकडभिट्टाबाट सुरु भई बाहुनडाँगी, बुद्धशान्ति, जयपुर, शनिश्चरे बजार, बिर्तामोड, बिर्ताबजार, गोलधाप, बाह्रदशी, पृथ्वीनगर, शरणामती, झापा गाउँपालिका, सुरुंगा बजार हुँदै दमक सम्म पुग्नेछ।

कार्यक्रमका क्रममा नेताहरूले स्थानीय मतदातासँग भेटघाट, सम्बोधन तथा चुनावी प्रतिबद्धता सार्वजनिक गर्नेछन्। रास्वपाले यस अभियानमार्फत झापामा पार्टीको जनाधार विस्तार गर्दै आगामी निर्वाचनमा सशक्त उपस्थिति जनाउने लक्ष्य राखेको जनाएको छ।

स्थानीय तहमा कार्यक्रमप्रति उत्साह देखिएको र सुरक्षा व्यवस्थासमेत कडा पारिएको जिल्ला प्रशासन स्रोतले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।