राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका दुई नेता पार्टी त्यागेर नेपाली कांग्रेस मा प्रवेश गरेका छन्। कर्णाली प्रदेशका महामन्त्री चन्द्रा बिक र राष्ट्रिय स्वतन्त्र पार्टी सुर्खेत का कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले औपचारिक रूपमा कांग्रेस रोजेका हुन्।
उनीहरूलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा ले सुर्खेत मा आयोजित कार्यक्रममा खादा–माला लगाएर स्वागत गरे। सो अवसरमा रास्वपा परित्याग गरेका दर्जनौँ कार्यकर्ता पनि कांग्रेसमा समाहित भएका छन्।
प्रदेश नेतृत्व तहकै व्यक्तिहरूले पार्टी छाडेपछि निर्वाचन नजिकिँदै गर्दा कर्णालीमा रास्वपाको संगठनात्मक आधार कमजोर हुने आकलन गरिएको छ। कांग्रेसले भने यसलाई आफ्नो पक्षमा बढ्दो आकर्षणका रूपमा व्याख्या गरेको छ।












