२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

कैलाली–५ मा ११५ युवा नेकपामा प्रवेश, आलेलाई आँट

कैलाली। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कैलाली निर्वाचन क्षेत्र नं. ५ मा प्रेमबहादुर आलेको पक्षमा माहोल सुदृढ बन्दै गएको उनको सचिवालयले जनाएको छ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेका आलेले चुनावी अभियानलाई तीव्रता दिँदै घरदैलो कार्यक्रम, अन्तरक्रिया तथा युवा भेटघाटलाई प्राथमिकता दिइरहेका छन्।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका आलेले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्या, विकासका आवश्यकताहरू तथा दीर्घकालीन योजनाबारे सुझाव संकलन गरिरहेका छन्।

उनले आफ्नो मुख्य एजेन्डाका रूपमा भौतिक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, रोजगारी सिर्जना, युवा सशक्तीकरण तथा सुशासनलाई अघि सारेका छन्।

यसै क्रममा धनगढी उपमहानगरपालिका–२, रामजानकी टोलका ११५ जना नवयुवा नेकपामा प्रवेश गरेका छन्।

पार्टी प्रवेश कार्यक्रममा उम्मेदवार आलेसँगै कैलाली–५ निर्वाचन परिचालन समितिका संयोजक ओम पुन र सह–संयोजक दिनेश सुबेदीले नवप्रवेशी युवाहरूलाई टीका तथा खादा लगाएर स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै उम्मेदवार आलेले युवाशक्ति राष्ट्र निर्माणको मुख्य आधार भएको उल्लेख गर्दै विकास र समृद्धिका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।

उनले कैलाली–५ लाई नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उम्मेदवार आलेका विकास एजेन्डा व्यवहारिक र जनमुखी रहेका स्थानीयवासी दीपकबहादुर साउदले बताए।

उनले भने, ‘आलेका विकासका एजेन्डा जायज छन्। उहाँ विकास गर्ने र भ्रष्टाचार विरुद्ध कडा कदम चाल्न सक्ने व्यक्ति हुनुहुन्छ। यसपटक हामी उहाँलाई नै सहयोग गर्छौँ।’

विशेषगरी सडक स्तरोन्नति, खानेपानी, सिँचाइ, शिक्षा पूर्वाधार र स्वास्थ्य सेवा सुधारका विषयलाई लिएर जनतामा स्पष्ट एजेन्डा राख्ने उम्मेदवारप्रति आकर्षण बढेको बताइन्छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।