२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

अपिहिमाल गाउँपालिका कार्यसम्पादनमा जिल्लामै प्रथम, सुदूरपश्चिममा दोस्रो

दार्चुला जिल्लाको सबैभन्दा विकट स्थानीय तह मानिने अपिहिमाल गाउँपालिका जिल्लामै कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनअनुसार अपिहिमाल गाउँपालिकाले ७६.१४ अङ्क प्राप्त गर्दै दार्चुला जिल्लामा पहिलो तथा **सुदूरपश्चिम प्रदेश**मा दोस्रो स्थान हासिल गरेको हो।

मूल्याङ्कनमा मार्मा गाउँपालिका ६५.६२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ भने महाकाली नगरपालिका ५९.६३ अङ्कसहित तेस्रो स्थानमा पुगेको छ।

त्यसैगरी, लेकम गाउँपालिका ५८.३९ अङ्कसहित चौथो, नौगाड गाउँपालिका ५७.८० अङ्कसहित पाँचौँ, मालिकार्जुन गाउँपालिका ५७.१६ अङ्कसहित छैटौँ, दुहुँ गाउँपालिका ५७.४९ अङ्कसहित सातौँ र शैल्यशिखर नगरपालिका ४६.५२ अङ्कसहित आठौँ स्थानमा रहेका छन्।

जिल्लाकै सबैभन्दा कमजोर कार्यसम्पादन गर्ने स्थानीय तहका रूपमा व्याँस गाउँपालिका देखिएको छ, जसले ३७.८५ अङ्क मात्र प्राप्त गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।