२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

“समय खराब छ” गीत सार्वजनिक, कृषा भण्डारीको दोस्रो म्युजिक भिडियो

कैलाली ,गायिका जुनु रिजाल र गायक पवन परियारको स्वरमा रहेको नयाँ गीत “समय खराब छ” सार्वजनिक भएको छ। TR Series को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले समसामयिक अवस्था र सामाजिक परिवेशलाई कथात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।
गीतमा शब्द, लय र एरेन्ज पवन परियारकै रहेको छ भने लयतर्फ तुला लामिछानेको साथ रहेको छ। खडक बाजुरेलीले मास्टर मिक्सिङ गरेका छन् भने रेकर्डिस्ट गोविन्द पराजुली (स्टुडियो मालाश्री) रहेका छन्।
भिडियो पक्षमा मिलन थापाको क्यामेरा, अनिल बिष्टको एडिट, कलर तथा पोस्टर डिजाइन रहेको छ। निर्देशन तथा कोरियोग्राफी सुरेश पाण्डेयले गरेका हुन् भने तुला लामिछाने निर्माता रहेका छन्।
गीतको भिडियोमा पवन परियारसँगै मोडल कृषा भण्डारीको दमदार अभिनय देख्न सकिन्छ। कृषा भण्डारीका लागि यो दोस्रो म्युजिक भिडियो हो। छोटो समयमै अभिनय क्षेत्रमा पाइला टेकेकी भण्डारीले आफ्नो प्रस्तुतिमा देखाएको आत्मविश्वास, भावाभिव्यक्ति र क्यामेरासँगको सहजतालाई दर्शकले सकारात्मक रूपमा लिने अपेक्षा गरिएको छ।
उदीयमान कलाकारका रूपमा अघि बढिरहेकी कृषा भण्डारीले आगामी दिनमा म्युजिक भिडियो, अभिनय र मोडलिङ क्षेत्रमा राम्रो सम्भावना बोकेको कलाकारका रूपमा आफूलाई स्थापित गर्ने संकेत देखाएकी छन्। नयाँ पुस्ताकी कलाकारको रूपमा उनले निरन्तर मेहनत, सिकाइ र अवसरलाई सदुपयोग गर्दै अघि बढेमा नेपाली म्युजिक भिडियो क्षेत्रमा आशलाग्दो उपस्थिती जनाउने विश्वास निर्माण पक्षको छ।
नयाँ कन्सेप्टसहित निर्माण गरिएको “समय खराब छ” गीत तथा भिडियोले समसामयिक कथालाई भावनात्मक ढंगले प्रस्तुत गर्दै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

https://m.youtube.com/watch?v=AN587rz52XY&fbclid=IwVERDUAP2n8pleHRuA2FlbQExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR4RGJe_q-GTDBglj-McmFGSFOcSRsUYubcxC9kWKNRxYkdgdhOQmxUeQwHWUg_aem_vAbEUXTzn16ae5dgGNZ0UA

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।