२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

बैतडी बस दुर्घटना अपडेट: मृतककाे संख्या १३ पुग्याे

बैतडी – बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

दुर्घटनाका घाइतेमधये गएराति थप पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

 

बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती बाेकेर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस हिजो राति  पुर्चौडीको बडगाउँ मोडमा पल्टिएको थियो ।

दुर्घटनामा ८ जनाको घटनास्थलमै ज्यान गएको थियो । राति थप पाँच जना घाइतेकाे ज्यान गएपछि मृतककाे संख्या १३ पुगेकाे प्रहरीले जनाएकाे छ ।

घटनास्थलमै मृत्यु हुने ८ जना:
केशबराज जोशी, ४० वर्ष – बझाङ बित्थडचिर गाउँपालिका-७
अशोकराज जोशी, १३ वर्ष – बझाङ बित्थडचिर गाउँपालिका-७
वसन्त जोशी, ३५ वर्ष – बझाङ बित्थडचिर गाउँपालिका-७
विसनदत्त जोशी, ४१ वर्ष – बझाङ बित्थडचिर गाउँपालिका-७
मोहनदेव भट्ट, ६० वर्ष – बझाङ केदारस्यू गाउँपालिका
बशन्तराज रतला, ४० वर्ष – जयपृथ्वी नगरपालिका, बझाङ
पुष्पा अवस्थी, ४० वर्ष – बैतडी पुर्चौडी–७
डडेल्धुरा अस्पतालमा मृत्यु हुने ५ जना:
बिसन दत्त जोशी, १७ वर्ष – बझाङ बित्थडचिर गाउँपालिका-७
दीपक राज जोशी, २८ वर्ष – बझाङ बित्थडचिर गाउँपालिका-७
किसन दत्त जोशी, ४६ वर्ष – बझाङ बित्थडचिर गाउँपालिका-७
केशव राज भट्ट, २७ वर्ष – केदारस्यू गाउँपालिका–७
शुसिल जोशी, १५ वर्ष – बैतडी पुर्चौडी–७

प्रहरीका अनुसार  दुर्घटनामा अझै ३४ जना घाइते छन् । तीमध्ये केहीको अवस्था अझै गम्भीर रहेकाे छ ।

घाइतेहरूको  बझाङ , डडेलधुरा र धनगढीका अस्पतालमा  उपचार भैरहेको  बताइएको छ ।

बेहुला–बेहुली भने अर्को गाडीमा सवार हुनाले सकुशल रहेका छन्।

चालकलाई नियन्त्रणमा लिइएको  र दुर्घटना बारे थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।