२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

धनगढीको सौंराई स्क्वायरमा आज ‘न्यू इअर इभ–२०२६’ विशेष उत्सव

धनगढी । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित शहीद गेटमा रहेको सौंराई स्क्वायरमा आज भव्य मनोरञ्जनात्मक ‘न्यू इअर इभ–२०२६’ कार्यक्रम आयोजना हुने भएको छ।

सौंराई स्क्वायरका सञ्चालक उमेश बिक्रम शाहका अनुसार कार्यक्रम आज पुस १६ गते साँझ ७ः०० बजेदेखि राति १२ः०० बजेसम्म सञ्चालन हुनेछ। नयाँ वर्षलाई उल्लास, मनोरञ्जन र सांगीतिक माहोलका साथ स्वागत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।

कार्यक्रममा चर्चित गायक रामचन्द्र काफ्ले, जुनु रिजाल काफ्ले तथा सनम परियारको विशेष सांगीतिक प्रस्तुति रहनेछ। त्यसैगरी, चर्चित कमेडियन प्रेम पौडेलको हास्य प्रस्तुति पनि समावेश गरिने छ।

यसका साथै मोडेल पुष्पा बोहरा र अनु खड्काको आकर्षक प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन्। कार्यक्रमको उद्घोषण रमा चन्द र गुनाकर पनेरुले गर्नेछन्।

अंग्रेजी नयाँ वर्ष २०२६ लाई सुरक्षित, सभ्य र मनोरञ्जनात्मक रूपमा स्वागत गर्न आयोजना गरिएको उक्त कार्यक्रममा सौंराई स्क्वायरले सम्पूर्ण दर्शक तथा संगीतप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।