२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

लक्ष्मण अधिकारी (दुवैको लाहुरे)को छैटौँ गीत ‘होइन भिनाजु’ सार्वजनिक

कञ्चनपुरका डेउडा गायक लक्ष्मण अधिकारी (दुवैको लाहुरे)को छैटौँ गीत ‘होइन भिनाजु’ सार्वजनिक गरिएको छ। यसअघि उहाँका ‘दुवैको लाहुरे’, ‘रुपश्या रानीचडी’, ‘बढ्डो र लाहुरे’, ‘कम्मर लड्काई लट्काई’ र ‘क्याम्पस्या छिट्टो’ गीतहरू दर्शक–श्रोतामाझ आइसकेका छन्।

नयाँ गीत ‘होइन भिनाजु’ मा लक्ष्मण अधिकारी (दुवैको लाहुरे) र रेखा जोशीको स्वर रहेको छ। गीतको शब्द लक्ष्मण अधिकारीकै, लय राजेन्द्र बीपी शाहको र एरेञ्ज बिनोद बाजुरेलीले गर्नुभएको छ।

भिडियोतर्फ भीम थापाको निर्देशन रहेको छ भने लक्ष्मण अधिकारी र उर्मिला कुँवरको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन अमृत उपाध्यायले गर्नुभएको हो।

गीतको भिडियो खप्तड डिजिटल म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। लोकसंस्कृति र मनोरञ्जनलाई समेटिएको यो गीतले दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

 

https://youtu.be/GzLEtJttgAQ?si=JZfYPFSToU2ZzVHM

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।