काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले हराउँदै प्रभावशाली जित दर्ता गरेको छ।
चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो।
लुम्बिनीका लागि गुल्बादिन नइब २४ बलमा ३ चौका र ३ छक्कासहित अविजित ४४ रनसहित चम्किए। कप्तान रोहित पौडेलले ३९ रन जोडे भने सन्दीप जोराले २८ रन बनाए।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटमा १४२ रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले ६५ रन बनाए।
लुम्बिनीका रुवेन ट्रम्पेल्मेनले ३ विकेट लिन सफल भए भने अभिषेश गौतम र गुल्बादिन नइबले २–२ विकेट लिए।