बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा मतदाता परिचयपत्रका लागि सञ्चालन गरिएको निःशुल्क बस सेवा कार्यक्रम हिजो सफलतापूर्वक सम्पन्न भएको छ।
समाजसेवी बिनोद बिष्टको सहयोगमा र जेन जि तथा जेन वाइ समूहको व्यवस्थापनमा सञ्चालित सो सेवाबाट ६० जना स्थानीय मतदाता प्रत्यक्ष लाभान्वित भएका छन्।
टाढा–टाढा बस्तीका नागरिकलाई सदरमुकाम पुग्न खर्चिलो र कठिन हुने अवस्थालाई ध्यानमा राख्दै मतदाता परिचयपत्रका लागि सहज पहुँच सुनिश्चित गर्न यो पहल गरिएको हो। यसले स्थानीयवासीहरूमा उत्साह, सहजता र सन्तोष ल्याएको छ।

आयोजकहरूले आगामी दिनमा पनि यस्ता जनमुखी र सेवा–मुखी कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई विशेष धन्यवाद ज्ञापन गरिएको छ।












