बझाङमा पछिल्ला वर्षहरूमा जबरजस्ती करणी र हाडनाता करणीका घटनामा तीव्र वृद्धि भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ। पछिल्लो तीन आर्थिक वर्षमा यस्ता ४० भन्दा बढी मुद्दा दर्ता भएका छन्।
हालैका घटनामा १६ वर्षीया, १८ वर्षीया र १४ वर्षीया किशोरीहरूले जबरजस्ती करणी वा विवाहजन्य हिंसापछि शिशु जन्माएका छन्। पीडक कानुनी कारबाहीमा परे पनि पीडित किशोरीहरू र तिनबाट जन्मिएका शिशुहरूको अवस्था अनिश्चित बनेको छ।
सेफ हाउसहरूमा बस्दै आएकी ती किशोरीहरू समाज र परिवार दुवैबाट अस्वीकार भएकी छन्। उनीहरूको नागरिकता, जन्मदर्ता र भविष्यबारे कुनै कानुनी व्यवस्था नहुँदा झन् समस्यामा परेका छन्।

प्रहरीका अनुसार सचेतना र उजुरी दर बढेसँगै यस्ता घटना खुल्ने क्रम बढेको हो, तर पीडितहरूको पुनर्स्थापनामा भने सम्बन्धित निकायको चासो नदेखिएको बताइन्छ।
#mayarsap.com











