दार्चुला, कात्तिक ७ ।
मार्मा गाउँपालिका–३ दानीखेतमा भएको जिप दुर्घटनामा एक जनाको ज्यान गएको छ।

लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु.प्र. ०१–००१ ज १६६२ नम्बरको जिप आज बिहान दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिएका छन्।
दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको पुष्टि गरिएको छ।
हालसम्म जिप कसले चलाइरहेको थियो र दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले स्पष्ट जानकारी पाएको छैन।
घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली पठाइएको प्रहरीले जनाएको छ।











