२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

कैलाली उद्योग वाणिज्य संघको पहिलो निर्णय — व्यवसायीहरूकाे दुर्घटना बीमा हुने

धनगढी । हालै सम्पन्न निर्वाचनबाट चयन भएको कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिले आफ्नो पहिलो बैठकमै व्यवसायीहरूको हितमा ऐतिहासिक निर्णय गरेको छ।

आज सपथग्रहणपछि बसेको पहिलो बैठकले संघमा नविकरण भएका सबै व्यवसायी सदस्यहरूको एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्ने निर्णय गरेको अध्यक्ष पुष्कर ओझाले जानकारी दिए।

उनका अनुसार, संघले अबदेखि सदस्य व्यवसायीहरूको सुरक्षालाई प्राथमिकता दिने र उनीहरूका समस्यामा सक्रिय रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

त्यससँगै, कार्यसमितिको बैठक हरेक महिनाको ५ गते नियमित रूपमा बस्ने निर्णय पनि गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।