२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

‘अर्गानिक अपि’को चमक – अपिहिमाल गाउँपालिका सुदूरपश्चिमको उत्कृष्ट पालिका घोषित

दार्चुला — सुदूरपश्चिमको हिमालको काखमा बसेको अपिहिमाल गाउँपालिकाले आफ्नो नाम मात्रै होइन, कामले पनि देशभर पहिचान बनाएको छ। विश्व खाद्य दिवसको अवसरमा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागले अपिहिमाल गाउँपालिकालाई प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रूपमा सम्मान गरेको हो।

‘अर्गानिक अपि’ भन्ने नारासहित विषादीरहित खेतीको अभ्यास गर्दै आएको यस गाउँपालिकाले स्थानीय बाली र जैविक उत्पादनलाई नयाँ रूप दिन सफल भएको छ। जौ, कोदो, फापर, चिनु, कागुनु, आलु, लसुन, मार्सी धानदेखि मसला र फलफूल खेतीसम्म — सबैमा अर्गानिक प्रणालीलाई प्राथमिकता दिँदै आएको गाउँपालिकाले स्याउ र ओखर उत्पादनमा नयाँ सम्भावना देखाएको छ।

स्थानीय उत्पादनलाई पर्यटन र बजारसँग जोड्ने उद्देश्यका साथ गाउँपालिकाले दुई स्थानमा कोषेलीघर स्थापना, जौको बिस्कुट र डालेचुक उत्पादन, साथै होमस्टे क्षेत्रमा स्थानीय वस्तुहरूको प्रयोगलाई प्राथमिकता दिएको छ। सिँचाइमा पनि थोपा, पाइप र कुलो प्रणाली विस्तार गर्दै कृषकलाई आत्मनिर्भर बनाउने प्रयास गरिएको छ।

यो उपलब्धि पछि गाउँपालिकाले सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालय, दार्चुला जिल्ला कृषि ज्ञान केन्द्र र सबै सहकार्य निकायप्रति धन्यवाद ज्ञापन गरेको छ।

गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरेले भने, “यो सम्मान अपिहिमालका जनप्रतिनिधि, कर्मचारी र कृषकहरूको सामूहिक श्रमको नतिजा हो। यसले ‘अर्गानिक अपिहिमाल’को अभियानलाई अझ सबल बनाउने र एग्रो टुरिजम प्रवर्द्धनमा नयाँ हौसला दिनेछ।”

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।