२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

चलिचित्र ‘माइतीघर’को शीर्ष गीत खिच्न ५० लाख खर्च !

काठमान्डौ यसपालिको दशैंको फूलपातीमा प्रदर्शन हुन लागेका तीन फिल्ममध्येको एक ‘माइतीघर’ले प्रचार अभियानलाई तीव्रता दिइरहँदा आगामी साता पहिलो गीतको रूपमा ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक गरिँदैछ । केही दिनअघि मात्र यो गीतको छायांकन सकिएको हो । यसको भिडियो निर्माणमा ५० लाख खर्च भएको निर्माता रोहित अधिकारीले दाबी गरेका छन् ।

११ दिन छायांकन भएको गीतको भिडियोमा फिल्मका दुई मुख्य अभिनेत्री उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पालाई नचाइएको छ । गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । यो गीतको यसअघि पनि छायांकन गरिएको थियो, बागलुङमा । तर, निर्माण पक्षले त्यस बेलाको कुनै दृश्य यसमा राखेको छैन । गीतलाई नयाँ तरिका र शैलीमा खिचिएको निर्माता अधिकारीले बताए ।

गायिका सञ्जीवनीको स्वरमा रहेको फिल्मको गीत सार्वजनिक नहुँदै निर्माण पक्षले त्यसमा नृत्य प्रतिस्पर्धाको घोषणा गरिसकेको छ । उक्त गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्म भिडियो बनाउनेमध्ये उत्कृष्ट एकजनालाई ५ लाख पुरस्कार दिइने घोषणा गरिएको छ । ६ दशकअघि बनेको फिल्म ‘माइतीघर’को ‘वसन्त नै बस्न खोज्छ…’ गीतमा भारतीय गायिका आशा भोसलेको स्वर रहेको थियो ।

मिलन तामाङको निर्देशनमा बनेको यो फिल्ममा उपासना र श्यामाश्रीसहित केदार घिमिरे, धीरज मगर, प्रकाश सपूत, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ लगायतले अभिनय गरेका छन् । रविन शेरचन र धिरज तामाङको संयुक्त लगानी रहेको ‘माइतीघर’का कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् । फिल्ममा सुशन प्रजापतिको छायांकन रहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।