२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

‘माग्ने राजा’ : भयो सेन्सर पास, पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं : आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘माग्ने राजा’को सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जाँच समितिद्वारा सिनेमाले युनिभर्सल सर्टिफिकेट पनि प्राप्त गरेको छ। अब यो सिनेमा सबै उमेर समुहका दर्शकहरुले हेर्न सक्नेछन्।

सिनेमाको यतिबेला प्रचारप्रसार तिव्र छ। सिनेमाका मुख्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ र वर्षा शिवाकोटी यतिबेला विभिन्न मिडियामा पुगेर अन्तर्वार्ता दिइरहेका छन्। जसले गर्दा पनि सिनेमालाई लिएर दर्शकहरु उत्साहित छन्।

ऋषि लामिछानेको निर्देशन रहेको सिनेमामा केदार र वर्षाका अलावा विल्सन विक्रम राई (‘तक्मे बुढा’), शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साँकी (मिस पबी) लगायतका कलाकारहरुको पनि मुख्य भुमिका रहेको छ।

सोसल ड्रामामा आधारित सिनेमाको कथा, पटकथा तथा संवाद सामीप्य राज तिमल्सिनाले लेखेका हुन्। सिनेमालाई कमेडी शैलीमा निर्माण गरिएको भए पनि यसमा सामाजिक सन्देश र भावनात्मक गहिराई मिसिएको छ।

‘माग्ने राजा’ आरम्भ प्रोडक्सन ब्यानरमा निर्माण भएको सिनेमा हो। मुनाल घिमिरे र मधुसुदन शर्मा सिनेमाका निर्माता हुन्। सिनेमाको छायांकन नरेन्द्र मैनालीले गरेका छन्, संगीत दीपक शर्मा र बाबुल गिरीले तयार पारेका छन्, सम्पादन मित्र गुरुङले गरेका छन् भने पार्श्र्व संगीतमा सुजिल कर्माचार्य रहेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।