२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

काठमाडौं— ‘बर्दियाको बाघ’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। गायक तथा सर्जक कमल बीसी माल्दाईको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतमा बर्दियाको प्राकृतिक सुन्दरता र स्थानीय जीवनशैलीलाई प्रस्तुत गरिएको छ।

गीतको संगीत संयोजन विश्वास नेपालले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ श्याम स्वेत रसाइलीले गरेका हुन्। गीतको रेकर्डिङ काठमाडौंस्थित प्रिज्मा रेकर्डिङ स्टुडियोमा गरिएको हो।

प्रदीप थारूको निर्देशन तथा कोरियोग्राफीमा तयार गरिएको म्युजिक भिडियोमा कमल बीसी माल्दाई र आरोही चन्दको अभिनय देख्न सकिन्छ। विशेषगरी आरोहीको आकर्षक प्रस्तुति भिडियोको मुख्य आकर्षण बनेको छ।

रामु चौधरी र टिमले छायांकन गरेको भिडियोको सम्पादन समेत रामु चौधरीले नै गरेका हुन्। मेकअप अमृता राजबिरले सम्हालेकी छन् भने पोस्ट प्रोडक्सन आरकेसी डिजिटल प्रा.लि.ले गरेको छ।

गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुन थालेको छ।

 

बैतडी — सुर्नया गाउँपालिका का जेनजी समूहले पाँच महिना अघि भएका निर्णय कार्यान्वयन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

आईतबार गाउँपालिकालाई पत्र लेख्दै समूहले गाउँ कार्यपालिकाले गरेको ११ बुँदे निर्णय तत्काल कार्यान्वयन गर्न माग गरेको हो। माग पूरा नभए ११ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरिने समूहका अगुवा बिशाल भट्ट ले जानकारी दिए।

यसअघि ३९ दिनसम्म तालाबन्दीपछि भएको सहमतिअनुसार कार्यपालिकाले निर्णय गरेको भए पनि हालसम्म कार्यान्वयन नभएको समूहको आरोप छ। उल्टै पछिल्ला बैठकहरूबाट पुराना निर्णय उल्ट्याउने काम भइरहेको पनि उनीहरूले बताएका छन्।

समूहका अनुसार, फेजआउट भएका कार्यक्रमका कर्मचारीलाई पुस मसान्तसम्म हटाउने निर्णय भए पनि पुनः नियुक्ति थप्ने निर्णय गरिएको छ, जसले सहमति विपरीत काम भएको देखाएको छ।

जेनजी समूहले सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि आन्दोलन गर्न लागिएको स्पष्ट पार्दै स्थानीयवासीलाई साथ दिन अपिल गरेको छ। साथै, आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी गाउँपालिकाले नै लिनुपर्ने चेतावनी समेत दिइएको छ।

समूहले करारका कर्मचारी हटाउने, युवाका लागि बजेट विनियोजन गर्ने, खेलमैदान निर्माण गर्ने लगायतका निर्णयहरू तत्काल कार्यान्वयन गर्न माग गरेको छ।

यसैबीच, ९ गते कार्यपालिका बैठक बस्ने तयारी भइरहेका बेला युवाहरूले पुनः ध्यानाकर्षण गराएका छन्। युवा हरिष कुवँर का अनुसार अबको बैठकले ठोस निर्णय नगरे आन्दोलन निश्चित छ।

प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशी ले प्रशासन शाखालाई कार्यपालिकामा पत्र पेश गर्न निर्देशन दिइसकेको जनाइएको छ।

बझाङ, चैत ९ – सुदूरपश्चिमकै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको प्रसिद्ध ‘चैतली मेला’ यस वर्ष पनि बझाङमा भव्य रूपमा आयोजना हुने भएको छ।

छविस पाथिभेरा गाउँपालिका–३, बान्नीको चौडमा सञ्चालन हुने उक्त मेला चैत १७ गतेदेखि औपचारिक रूपमा सुरु हुने मेला व्यवस्थापन समितिले जनाएको छ।

वर्षौंदेखि निरन्तर आयोजना हुँदै आएको यो मेला यसपटक अझ आकर्षक र व्यवस्थित रूपमा मनाइने तयारी गरिएको छ। उद्घाटनसँगै विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

🎯 मेलाका मुख्य आकर्षणहरू

🏐 खुल्ला पुरुष भलिबल प्रतियोगिता

🏏 जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता

🎶 महिला–पुरुष देउडा खेल

🎤 विविध सांस्कृतिक कार्यक्रम

🏆 पुरस्कार विवरण (भलिबल)

🥇 प्रथम: रु. २,५१,६२० + ट्रफी, मेडल, प्रमाणपत्र

🥈 द्वितीय: रु. १,२५,६२० + ट्रफी, मेडल

🥉 तृतीय: रु. ५०,६२०

🎖️ सान्त्वना: रु. १५,०००

👉 टिम दर्ता शुल्क: रु. ८,६२०

👉 दर्ता अन्तिम मिति: चैत १८ बिहान १० बजे

🏆 क्रिकेट प्रतियोगिता

🥇 प्रथम: रु. ६५,६२०

🥈 द्वितीय: रु. ३०,६२०

मेलामा सुदूरपश्चिमका चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै, मेला अवधि भर शान्त, मर्यादित र निष्पक्ष वातावरण कायम राख्न सबैमा अनुरोध गरिएको छ।

👉 आयोजकका अनुसार यस वर्ष मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।