
काठमाडौं । बलिउड अभिनेत्री Sunny Leone यतिबेला नेपाल भ्रमणमा छिन् । दुई महिनाअघि क्यासिनो उद्घाटनका लागि आएकी उनी यसपटक पति Daniel Weber सँग घुम्न आएकी हुन् ।
बुधबार दिउँसो उनीहरू Nagarkot View Tower पुगेका थिए । त्यहाँबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य अवलोकन गर्नुका साथै हिमश्रृंखलाको दृश्यले उनीहरूलाई निकै आकर्षित गरेको देखिन्छ ।
सन्नी र डेनियलले सामाजिक सञ्जालमार्फत नगरकोट वरपरका तस्वीर तथा भिडियो सार्वजनिक गर्दै नेपालको प्राकृतिक सौन्दर्यको खुलेर प्रशंसा गरेका छन् । डेनियलले ‘हिमालय र यहाँको सौन्दर्यले मन जित्यो’ भन्दै पोस्ट गरेका छन् भने सन्नीले ‘योभन्दा धेरै सौन्दर्य अन्त कतै देखेको छैन’ उल्लेख गरेकी छन् ।
यसअघि पनि सन्नीले पटक–पटक नेपाल भ्रमण गरिसकेकी छन् । ब्रान्ड इन्डोर्समेन्ट, क्यासिनो उद्घाटन, फिल्म प्रिमियर लगायतका विभिन्न अवसरमा उनी काठमाडौं आएकी थिइन् । यो उनको करिब सातौँ–आठौँ भ्रमण मानिएको छ ।
हाल सन्नी एमटीभीको MTV Splitsvilla मा व्यस्त छिन् भने उनको पछिल्लो फिल्म Kennedy हालै प्रदर्शनमा आएको थियो ।
डेनियल वेबर अमेरिकी संगीतकर्मी, अभिनेता तथा उद्यमी हुन् । सन् २०११ मा विवाह गरेको यो जोडी बलिउडका चर्चित ‘पावर कपल’मध्ये एक मानिन्छ ।
धादिङका स्थानीय तहहरूले संविधानले दिएको एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षहरूको बिहीबार बसेको संयुक्त बैठकले संघीयताको मर्मअनुसार तीनै तहका सरकारबीच पारस्परिक सम्मान, विश्वास, सहकार्य र समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिएको हो ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको बैठकले पछिल्ला घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै स्थानीय तहको अधिकार क्षेत्रमा हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
धादिङ–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले स्थानीय तहलाई निर्देशन दिँदै आएको विषयमा बैठकमा आपत्ति जनाइएको हो । उनले बेनीघाट रोराङ गाउँपालिका–९ मा त्रिशूली नदीबाट भइरहेको अवैध बालुवा–गिट्टी उत्खनन रोक्न निर्देशन दिएकी थिइन् भने राजमार्ग क्षेत्रमा ‘पटके कर’ जस्ता अवैध कर संकलन कार्य बन्द गर्न समेत आग्रह गरेकी थिइन् ।
यद्यपि, उक्त निर्देशनलाई स्थानीय सरकारको संवैधानिक अधिकारमाथि हस्तक्षेपका रूपमा लिँदै जनप्रतिनिधिहरूले कडा प्रतिवाद गर्ने निर्णय गरेका छन् । जारी विज्ञप्तिमा प्रशासनमार्फत स्थानीय तहको अधिकार कुण्ठित गर्ने प्रयास भएको भन्दै त्यसप्रति असहमति जनाइएको छ ।
बैठकले स्थानीय सरकारको अधिकार क्षेत्रको रक्षा गर्दै संघीयताको भावना अनुरूप सहकार्य र समन्वयमार्फत अघि बढ्न सबै पक्षलाई आग्रह गरेको छ ।
म्याग्दीबाट नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले शपथ ग्रहणको प्रक्रिया टुंगो नलागेको भन्दै पुनः सडक किनारमा पुस्तक बिक्री गर्न निस्किएको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले बिहान १० बजेदेखि नदीपुरस्थित बालमन्दिर नजिक, सिंगापुर क्याफे छेउमा आफ्नो आत्मकथाको किताब बिक्री गर्ने बताएका हुन्।
पुनले चुनावपछि म्याग्दीका ६ वटा पालिकामा पुगेर जनप्रतिनिधि र स्थानीयसँग विकास र बजेटबारे प्रारम्भिक छलफल गरिसकेको पनि उल्लेख गरेका छन्। शपथ ग्रहणमा ढिलाइ भइरहँदा निष्क्रिय बस्नुभन्दा सक्रिय रहन आफू यस्तो काममा लागेको उनको भनाइ छ।





