
काठमाडौँ ।बि. स्टार फिल्म्स प्रालि र दिनपरी क्रियसन प्रालिको संयुक्त आयोजनामा ‘दोस्रो त्रि. स्टार फिल्मस् म्युजिक अवार्ड–२०८२’ नेपाल पुलिस क्लबको सभाहलमा भव्य रूपमा सम्पन्न भयो। नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अवार्ड समारोहमा ४४ विभिन्न विधामा कलाकारहरू सम्मानित गरिए।
दीर्घ साधनाको सम्मानगीतकार टेक तामाङ, म्युजिक भिडियो निर्देशनतर्फ बाजुराजा केसी ‘उज्ज्वल’, र युवा पत्रकारिता सम्मान विकासलाई प्रदान गरियो।
सुगम संगीततर्फ शिव परियार र एलिना चौहान, लोकदोहोरीतर्फ खेम सेञ्चुरी र दिपिका बयाम्बु, मोडलिङतर्फ पल शाह र सागर लम्साल ‘बले’ सम्मानित भए।
सर्वोत्कृष्ट राष्ट्रिय गीतको अवार्ड ‘जित एक कदम’ का गायक विष्णु भण्डारीले पाए भने बाल कलाकारतर्फ शान अधिकारी (‘मायालाई पानको पात’) सम्मानित भए।
लोक–पप, देउडा, थारू, प्राविधिक तथा अन्य विधामा अभिष उपरकोटी, सुनिल बी.सी., आर.के. थारु, अञ्जु कुश्मी, राजेश चौधरी, सबिना चौधरी, हरिभक्त बुढाथोकी, विनय अर्याल, दीपक तिरुवा, बिमल छिनाल, रामजी लामिछाने, यमुना पाण्डे, प्रकाश खड्कालगायत धेरै कलाकारले अवार्ड हात पारे।
लोकदोहोरी नव–प्रतिभातर्फ सुरेश कोहली, अञ्जना पुनमगर, रायन बस्याल र बिन्दु परियारले अवार्ड जिते।
जुरी विशेष अवार्ड भूमिका साउद, एलेक्श खड्का, किस्मत साउद, बबिता कोइराला, मनमाया पंगेनी, रेश्मा नेप्टिंग, हरिशरण रिजाल र प्रतिमा राज घतानीलाई प्रदान गरियो।
कार्यक्रमका निर्णायक राजकुमार बगर, देवेन्द्रप्रसाद बजगाईं र चन्द्र शर्मा थिए भने कार्यक्रम संयोजन सनम कठायत, अध्यक्षता विक्रम चौहान र प्रविधिक समन्वय मीन रावलले गर्नुभएको थियो।
कलाकारहरूको आकर्षक प्रस्तुतीले अवार्ड समारोह झनै रौनकिलो बनेको थियो।





