२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

काठमाडौँ, कात्तिक ११ –

फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा आयोजित तीन महिनाको सांगीतिक यात्रा ‘अब सुन्छ अमेरिका’ सकिएको छ। सुरुवातमा गायक बद्री पंगेनी, प्रताप दास र गायिका कला लम्साल तथा एलिना चौहान सहभागी थिए। तर, यात्रा बीचमा कला लम्साल बिरामी परेर नेपाल फर्किएपछि विवाद उत्पन्न भएको थियो।

त्यसपछि बाँकी कलाकारहरूले टुर पूरा गरे। तर सोमबार राति गायिका एलिना चौहानले पनि फेसबुकमार्फत आयोजकमाथि व्यवहारमा अपमान गरेको आरोप लगाइन्।

उनले लेखेकी छन्, “कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो, कसैले कैदीझैँ महसुस गरे।”

एलिनाले कलाकारले धनभन्दा बढी इज्जत र कदर खोज्ने बताउँदै भविष्यमा कसैले यस्ता अपमान सहनु नपरोस् भन्ने चाहना व्यक्त गरेकी छन्।

कात्तिक ११ गते उपल्लो मुस्ताङका लोमान्थाङ, कोरलानाका, मुक्तिनाथलगायत क्षेत्रमा पहिलो पटक बाक्लो हिउँ परेको छ। बिहानैदेखि जारी हिमपातका कारण मन्दिर दर्शन गर्न जाने भक्तजनलाई कठिनाइ भएको छ। करिब ५–६ इन्चसम्म हिउँ जमिसकेको छ र अझै पनि हिमपात जारी छ।

स्थानीय प्रतिनिधिहरूका अनुसार कात्तिकमै हिउँ पर्नु किसानका लागि शुभ संकेत हो, जसले माटो सिञ्चित भई बाली उत्पादनमा फाइदा पुर्‍याउँछ।

यसैबीच, बाक्लो हिउँका कारण सडक चिप्लो भएकोले प्रशासनले कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ।

काठमाडौं – करिब दुई दशकदेखि नेपाली संगीतको आकाशमा आफ्ना सुरिलो स्वरले जादू भरेकी लोकप्रिय गायिका अञ्जना गुरुङ लामो समयपछि राजधानीका दर्शक–स्रोतामाझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकी छिन्।

टिका गोपाल एम. क्रियशनको आयोजनामा हुन लागेको ‘गायिका अञ्जना गुरुङ एकल सांगीतिक कार्यक्रम–२०८२’ आगामी कार्तिक २१ गते, शुक्रवार, काठमाडौंमा भव्य रुपमा आयोजना हुने भएको हो।

आयोजक संस्थाकी अध्यक्ष गीता सिंहका अनुसार, गायिका गुरुङले कार्यक्रममा आफ्ना डेढ दर्जनभन्दा बढी चर्चित गीतहरू प्रस्तुत गर्नेछिन्। ती गीतहरूमा — आँखैमा राख्छु मेरो देश, म त काली सुन्दरी, बदनाम भएँ म तिम्रै कारणले, आँधी सरी तिम्रो माया, ठ्याक्कै भेटौंला, नजर नजरको, जसले मुटु चुडेर लग्यो, माईला रोधी घरमा (कौडा), मान चाहे नमान तिमी मेरो हौ लगायतका लोकप्रिय सिर्जनाहरू समावेश हुनेछन्।

लोक, आधुनिकदेखि नेपाली फिल्मका गीतमा समेत पाश्र्व गायन गरेर आफ्नो भर्सटायल प्रतिभा देखाइसकेकी अञ्जना गुरुङको यो एकल प्रस्तुति केवल मनोरञ्जनका लागि मात्र नभई नेपाली संगीतप्रति कृतज्ञता प्रकट गर्ने एक अवसर पनि रहेको आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

कार्यक्रमकै अवसर पारेर गायिका गुरुङ र उनका जीवनसाथी, सुप्रसिद्ध गायक कन्हैया सिंह परियारको संयुक्त संरक्षकत्वमा स्थापना गरिएको ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ पनि प्रदान गरिनेछ। यस वर्ष उक्त पुरस्कारबाट वरिष्ठ गायक कमल बिक ‘निर्मोही’ सम्मानित हुने भएका छन्। पुरस्कारमा नगद ५१ हजार रुपैयाँ रहनेछ।

गायक निर्मोही लामो समयदेखि मध्यपश्चिम र सुदूरपश्चिमका मौलिक भाकाहरूलाई राष्ट्रिय पहिचान दिने कार्यमा सक्रिय रहँदै आएका छन्। पछिल्ला वर्षमा उनी मृगौला रोगबाट पीडित भए पनि संगीतप्रतिको समर्पण कम भएको छैन।

यसअघि सो पुरस्कारबाट क्रमशः वरिष्ठ गायिका चन्द्रकला शाह (२०७८), गीतकार विश्व वल्लभ (२०७९), वाद्यवादक कृष्ण गन्धर्व (२०८०) र लोक गायक रेशम थापा (२०८१) सम्मानित भइसकेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।