
बैतडी– पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
गएराति ९ बजेतिर बैतडीकाे सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा सडकमाथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हाे ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा गाडीहरु बीचबाटोमै रोकिएका छन् ।
अवरुद्ध सडक खुलाउनका लागि प्रयास भइरहे पनि लगातारको बर्षाले समस्या भइरहेको उनले बताए ।
काठमाडौं । दुई वर्षअघि चर्चा र विवादको कारण गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले सात दिनमै एक करोडभन्दा बढी पटक हेरिने नेपाली गीतको युट्युब रेकर्ड राख्यो।
सपुतकै शब्द, संगीत र स्वर रहेको यो गीतले विम्बपरक रुपमा कला क्षेत्रमा संघर्षरत युवतीले भोग्नुपरेको बाध्यता र कठिनाइलाई चित्रण गरेको छ। गीतमा प्रकाशसँगै वर्ता गन्धर्वको पनि स्वर छ भने सुदीप सागरको संगीत संयोजन छ।
त्यसअघि छिटो करोड भ्युज प्राप्त गर्नेमा विष्णु माझीले गाएको ‘चरी जेलैमा’ले १२ दिनमा उक्त रेकर्ड राखेको थियो। तर, प्रकाशको गीत ‘पीर’ले पनि रिलिजको आठ दिनमा एक करोड भ्युज प्राप्त गरेर विष्णु माझीको गीतलाई पछि पारेको थियो।
अहिले ठ्याक्कै स्थिति उल्टिएको छ। आज मात्र विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ युट्युबमा सार्वजनिक भएको छ। सदा झैं यो गीतमा पनि बिष्णुका पति सुन्दरमणी अधिकारीको शब्द र संगीत रहेको छ।
यसपाली पनि उनले तिज गीतमा छोरीको बेदना र लैंगिक विभेदकै विषयवस्तु समाएका छन्। यो गीतले ९ घण्टामा ५ लाख बढी (यो समाचार तयार गर्दासम्म) भ्युज पाइसकेको छ भने एक हजार बढी युट्युब कमेन्टहरूमार्फत् सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
जबकि यसैपाली प्रकाश सपुतले ल्याएको तीज गीत ‘नाईं भनेसी नाईं’को युट्युब भ्युज दयनीय छ। रिलिजको ९ दिन काट्दासमेत यस गीतले एक मिलियन भ्युज पाउन सकेको छैन, ९ लाख भ्युज भने कटेको छ। भलै, ३५ सय बढी संख्यामा आएका कमेन्टहरू चाहिं सकारात्मक नै छन्।
प्रकाशले झन्डै एक वर्षयता म्युजिक भिडिओ ल्याएको कारण पनि यो गीतलाई थप प्रतीक्षित मानिएको थियो। ‘नाईं भनेसी नाईं’मा अभिनेत्री रेखा थापाले अभिनय गरेका कारण पनि रिलिजअघि यसको थप चर्चा थियो। तर, रिलिजपछि त्यसो हुन सकेन।
यद्यपि, अधिकांशले गीत सन्देशमूलक रहेको भन्दै खुलेर प्रशंसा गरेका छन्। गीतमा महिलाको शरीर मात्र आफ्नो हैन, अधिकार समेत आफ्नो हो भन्ने कुरालाई मिहीन ढंगले प्रस्तुत गरिएको छ।
गीतमा पछिल्लो पुस्ताका दुई चर्चित गायिकाहरू समीक्षा अधिकारी र एलिना चौहानले स्वर दिएका छन् भने शब्द तथा संगीत प्रकाशको छ भने संगीत संयोजनको काम श्यामश्वेत रसाइलीले गरेका हुन्। प्रकाश आफैंले गरेको भिडिओको निर्देशनमा प्रकाशसहित सिम्रन खड्का, संजोग बराइलीलगायतको अभिनय छ।
धनगढी । कैलाली कारागारभित्र हिंसात्मक झडपमा परी घाइते भएका २७ जना कैदीबन्दीलाई अस्पतालले डिस्चार्ज गरेको छ । सेती प्रादेशिक अस्पतालले उपचार पश्चात उनीहरुलाई डिस्चार्ज गरेको हो ।
अस्पतालले डिस्चार्ज गरे पनि उनीहरुलाई अस्पतालमै राखेको कारागारका जेलर जालन्धर भुसालले जानकारी दिए । “डिस्चार्ज भएका कैदीलाई पुनः कैलाली कारागारमा लगिएमा माहोल फेरि अशान्त बन्न सक्छ । त्यसैले उनीहरुलाई अस्पतालमै राखेका छौं” उनले भने ।
डिस्चार्ज भएकामध्येबाट तीन जनालाई भने कञ्चनपुर कारागारमा स्थानान्तरण गरिएको छ । बाँकी अरु कैदीलाई पनि अन्यत्र स्थानान्तरणका लागि गृहकार्य भइरहेको छ । त्यसका लागि कारागार विभाग र कैदीका आफन्तसँग छलफल भइरहेको जनाइएको छ ।
शुक्रबार मध्यराति भएको हिंसात्मक झडपमा परी ४८ जना कैदी घाइते भएका थिए । जसमध्ये उपचारको क्रममा भरत चौधरीको ज्यान गएको थियो । घाइतेमध्ये गम्भीर अवस्थाको तीन जनालाई थप उपचारका लागि काठमाडौंं लगिएको छ ।





