
काठमाडौं । अभिनेता पल शाहलाई ३५ वर्ष पुगेकाले आफूले अहिलेसम्म व्रतवन्ध नगरेको बताए । ‘कामले गर्दा व्रतवन्ध गर्न पनि भ्याएको छैन । अब एकैदिन व्रतबन्ध र विवाह गर्छु’
यतिबेला ‘मोहर’को चटारो छ । सकारात्मक समीक्षा प्राप्त गरेको यो फिल्मले ३ दिनमा घरेलु बक्सअफिसमा १ करोडको आँकडा पार गरेको छ ।
फिल्म प्रमोशनको सिलसिलामा पल अहिले विभिन्न नेपाल बह्रिका जिल्लाको दौडाहामा छन् । हल हलमा पुगेर दर्शक भेटिरहेका छन् । नहोस पनि किन, धेरैपछि उनको फिल्मले हलमा राम्रो ब्यापार गरिरहेको छ ।
हलमा पुगेका पललाई मिडियाले विवाह योजनाबारे पनि सोधे । धेरैपटक विवाहको प्रश्नले घेरिएका उनले अहिलेसम्म आफूले व्रतवन्ध पनि नगरेको र त्यसपछि मात्र विवाह गर्ने जवाफ दिए ।
केही समयअघि पलको विवाहको चर्चा गर्माएको थियो । जसलाई उनी आफैले खण्डन गर्दै विवाह गर्नैपरे मिडियालाई पनि थाहा हुने बताएका थिए ।
काठमाडौं । गायिका विष्णु माझीले यो तीजमा नयाँ गीत ल्याउने पक्का भएको छ । केही दिनअघि उनको नयाँ गीतको म्युजिक भिडियोको छायांकन सकिएको छ ।
कोरियोग्राफर मौसम हिमालीका अनुसार , यो गीत मौलिक शैलीमा बनेको र माझीको नयाँ गीत दर्शकले उनको चिरपरिचित शैलीसँग भावना साट्न सक्नेछन् ।
माझीको नयाँ गीतको म्युजिक भिडियोको अहिले सम्पादन भैरहेको छ भने ६० जना कोरस डान्सरलाई लिएर बनाइएको हो । ‘अबको दुई तीन दिनमा गीत आउन सक्छ’ कोरियोग्राफर हिमालीले भने ।
माझीका श्रीमान सुन्दरमणी अधिकारीको शब्द र संगीत रहेको नयाँ गीतको भिडियोमा गतवर्ष माझीले ल्याएको गीतकै मोडल ललिता पौडेलले अभिनय गरेकी छन् । टिपिकल शैलीमा बनेको हिमालीले बताए ।
तीज आउन केही साता मात्र बाँकी रहँदा विष्णुले गीत ल्याउँदै आएकी छन् ।भने हरेक तीजमा माझीको गीत सुन्न दर्शक प्रतीक्षारत हुन्छन् ।
कतिपय प्रशंसकले विष्णु माझीको गीत नआए, तीज आएको जस्तो नलाग्ने भन्दै टिप्पणी गरिरहेका हुन्छन् । यतिबेला पनि माझीको गीतको प्रतीक्षा भैरहेको छ ।
अघिल्लो तीजमा माझीले ‘आइन आमा यो तीजमा’ बोलको गीत ल्याएकी थिइन् जसलाई २ करोड ४० लाख पटक हेरिएको छ ।





